
आइतवार , श्रावण १७, २०७८
बुटवल, १७ साउन ।
धार्मिक पर्यटन प्रवद्र्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ । रुपन्देहीका पाँचवटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो । आइतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटी बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल गु्रपको पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रमका संयोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान सुरु हुने यात्रा कपिलवस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिने उनले बताए । जलापर्ण कार्यक्रमको टिसर्ट सामूहिक रुपमा लन्च गरिएको छ ।
बुटवल कालिकानगरस्थित शिवालय मन्दिरबाट बिहान सुरु हुने यात्रा कपिलवस्तुको पवित्रस्थल लक्ष्मणघाट पुगेर जल लिई सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर सकिने उनले बताए । करिब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिने धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गरेका बुटवलमा उद्योगी व्यवसायी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाइ गराउँदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्वपूर्ण कामको सफलताको कामना गरे ।
साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सबै साईकल चढ्ने साथीहरुबीच भातृत्व विकास गर्दै एकतावद्घ गराउनु निकै महत्वपूर्ण कार्य भएको बताए । बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij