२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रोट्रयाक्ट सेन्ट्रल बौद्ध ल्याण्डको अध्यक्षमा दीक्षा

आइतवार , श्रावण १७, २०७८

भैरहवा, १७ साउन ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको दोस्रो पदस्थापन कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा स्पोन्सर गरिएको क्लबको वर्ष २०२१÷२२ को अध्यक्षमा दीक्षा सुनार चयन भएकी छन् । क्लबको वर्ष २०२१/२२ को उपाध्यक्षमा दिपेन्द्र चौधरी, सचिवमा विकास तिवारी, कोषाध्यक्षमा सुनिल सुनार, सर्जेन्ट एट आमर्स, सह–सचिवमा रामकृष्ण बराल, कम्युनिटी सर्भिस चेयरमा निकिता सुनार, प्रोफेसनल सर्भिस चेयरमा धिरेन्द्र यादव, इन्टरनेशनल सर्भिस चेयरमा सागर लाम्गादे, युथ सर्भिस डाइरेक्टरमा अलिशा रामदाम, एडिटर पब्लिकेशन अफिसरमा मनोज कुर्मी र क्लब सर्भिस चेयरमा आशिष पुन रहेका छन् । त्यसै गरी क्लबको सदस्यमा रोशन शाह, राहुल यादव, रितु पाण्डे, विकास भण्डारी, आकाश गुप्ता, अस्फाक खान, विशाल सहानी र महबुब आलम रहेका छन् ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा वर्ष २०२०/२१ का अध्यक्ष अस्मित लाम्गादेले वर्ष २०२१/२२ का अध्यक्ष दीक्षा सुनारलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वर्ष २०२१/२२ का ‘शिक्षा सबैका लागि’ भन्ने नाराका साथ अगाडी बढ्ने बताइन् ।

रोटरी डिष्ट्रिक नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यता, रोटरी डिष्ट्रिक ३२९२ जोन २५ अस्टिेन्ट गभर्नर कृष्ण पाण्डेको विशिष्ट आतिथ्यता, रोटरी डिष्ट्रिक ३२९२ जोन ३२९२ नेपाल भुटानका डीआरआर इलेक्ट लक्ष्मण खरेल, डीआरआर इन्भोय प्रकाश शर्मा, जोन १८ का जेडआरआर बाबुराम खनाल (अतित), रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष शत्तदल चौधरी, क्लबका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हिरा बहादुर शाह, संस्थापक अध्यक्ष विमल सेञ्चुरी, सल्लाहकार दिनेश पौडेलकोे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सर्भिस प्रोजेक्ट चेयर प्रियाबन्धु न्यौपाने, राम अर्याल, दिपक वर्नवाल, अनिल कुमार गुप्ता, उपेन्द्र यादव, विक्रम मल्ल, भविश्वर पौडेल, कृष्ण अधिकारी, भविश्वर शर्मा लगायतको उपस्थिथि रहेको थियो । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका उपाध्यक्ष दिपेन्द्र चौधरीको स्वागत, सह–सचिव रामकृष्ण बरालको धन्यवाद ज्ञापन तथा क्लबका सचिव विकास तिवारी एवं क्लब सर्भिस चेयर सुनिता लाम्गादेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

received_563729064980659.jpeg