
शनिवार , भाद्र २०, २०७७
बुटवल, २० भदौ ।
रोटरी क्लव अफ लुम्बिनी स्टार्स बुटवलले आर्थिक समस्यामा परेका दुर्घटनामा परेका आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले क्लबका सदस्यहरुले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिषलाई आर्थिक सहयोग गरेको बताए ।
बाग्लुङ्ग जिल्ला स्थायी घर भएका २८ वर्षिय आशिष लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने क्रममा नवलपरासीको भुताहमा भारतीय गाडीले ठक्कर दिएर घाइते भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत उनको बुटवलका अशोक बज्राचार्यले उपचार र हेरचाह गरिरहेका छन् । विरामी शुक्रबार मात्रै होसमा आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij