
सोमवार , श्रावण १८, २०७८
भैरहवा, १८ साउन ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित सिद्धार्थ बालगृहमा खीर खुवाउनुको साथै बालगृहलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । ग्रीन सिटीले बालगृहलाई ६० हजार बराबरको खाद्यान्न तथा मायादेवी गाउँपालिकाले ग्रीन सिटीमार्फत बालगृहलाई १० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले लायन्स ग्रीन सिटीले गरेको कामको प्रशंसा गर्दै बालगृहलाई आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।
विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एडभाइजर ओम कुमार श्रेष्ठले लायनिजमको उद्देश्य ग्रीन सिटीले पुरा गरेको बताउँदै समाजसेवामा निरन्तरताको लागि सुझाव दिए ।
लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोबिन्द प्रसाद गिरीले सामाजिक कार्य गर्दै मानवीय कार्यमा समेत लायन्स ग्रीन सिटीले स्थानीय सरकारसंग सहकार्य गर्दै जाने बताए । उनले भाडाको घरमा बालगृह सञ्चालन भएकोले बालगृहका लागि जग्गा उपलब्ध भए भवन बनाउन यहाँका संघ–संस्थाहरुले सहयोग गर्ने बताए ।
लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष गोबिन्द प्रसाद गिरीको अध्यक्षता, निरज शाक्यको संयोजकत्व तथा सचिव थानेश्वर पाण्डे (प्रकाश)को कार्यक्रम सञ्चालनमा मायादेवी गाउँपालिकाका ई.नवराज ढुंगाना, स डिष्ट्रिक प्रोग्राम नेत्र प्रसाद आचार्य, शिवनाथ गुप्ता, पदम भण्डारी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै सोही कार्यक्रममा क्लबमा आबद्ध महिला सदस्यहरुले बालगृहमा रहेका बालिकाहरुलाई मेहेन्दी समेत लगाइदिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij