
सोमवार , श्रावण १८, २०७८
नवलपरासी , १८ श्रावण
पश्चिम नवलपरासिमा किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । स्ट्रोम फाउन्डेसनको सहयोग तथा एविसि नेपालको आयोजनामा नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका , सरावल गाउँपालिका र सुस्ता गाउँपालिकामा किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
एविसि नेपालका क्षेत्रिय प्रमुख मनोज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले किशोर किशोरीहरूको सपना सकार गर्नलाई र उनिहरूको लक्ष्य पूरा गर्नका लागि के गर्नु पर्छ र कसरी गर्नु पर्छ भन्ने बारेमा पुर्ण जानकारी गराउन लाई परामर्श कार्यक्रम सञ्चालन गरिएको बताए । साथै किशोर किशोरीहरुको सपना सकार गर्नलाई एविसि नेपल र आफु स्वम समेत सहयोग गर्ने बताएका थिए।
सो अवसरमा प्रशिक्षण गर्दै प्रशिक्षक वरिष्ठ पत्रकार एवम विभिन्न संघ संस्थामा काम गरेर अनुभ प्राप्त भएको लक्ष्मिनाथ ज्ञवालिले आफुले आफ्नो सपना पुरा गर्नलाई पार गरेको विभिन्न समस्या चुनौतिलाई बताउँदै सपना पूरा गर्न सफल भएको बताए । उनले किशोर किशोरीहरुले राखेको लक्ष्य सपना पूरा गर्नलाई गर्नु पर्ने विभिन्न कार्यहरु बताउदै किशोर किशोरीहरुले राखेको लक्ष्य पूरा गर्न के कस्ता चुनौति र बाधा पर्छ , र त्यसका समाधानका उपायहरूबारे समेत बताए थिए । साथै यहाले किशोर किशोरीहरुले आफ्नो सपना पूरा गर्न स्वम धैर्य पुर्वक सम्बन्धित कार्यहरु गर्नुपर्ने बताए ।
सो परामर्श कार्यक्रममा आफ्नो सपना पूरा गर्न सफल भएका एविसि नेपालका भोलेन्टियर मनिता ढकाल र पत्रकार महेश यादवले आफुले आफ्नो सपना पूरा गर्न गरेका विभिन्न कार्य र समस्याहरु बताउदै पूरा गर्न सफल भएको उपायहरू समेत बताएका थिए । साथै उनीहरुले आफ्नो सपना कसरि पूरा गरे र के कस्ता बाधा र चुनौतिहरुको सामना गर्नु पर्यो बताएका थिए । एविसि नेपालका भोलेन्टियर मनिता ढकाल र पत्रकार महेश यादवले आज आफ्नो सपना पूरा गरि अन्य विभिन्न कामहरु गरिरहेको उनीहरुले बताएका थिए । साथै उहाहरुको सपना पूरा गर्नु एविसि नेपालको ठुलो साथ सहयोग रहेको मनिता ढकाल र महेश यादवले बताएका थिए ।
सो कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , राजेश आर्या , विष्नु परियार , संजित शर्मा , कृति थापा , एकाउन्टेन्ट उमेश देवकोटा ,भोलेन्टियर जानकि गौड , दुर्गा विक ,पुजा गौतम ,विना गाहा मगर लगाएत किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij