२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा शुल्कमा छुट

सोमवार , श्रावण १८, २०७८

भैरहवा, १८  साउन ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा छुट दिने भएको छ । अस्पताल प्रशासन र बैंकबीच सोमबार सेवा शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार उक्त अस्पतालमा उपचार गराउँदा बैंकका ग्राहकलाई विभिन्न सेवामा निश्चित छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले छुट सुविधा लिन सक्ने पौडेलले जानकारी दिए । छुट सुविधा लिनका लागि बैंकका ग्राहकले एटीएम कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने उनले बताए ।

स्वास्थ्य परीक्षण र उपचारमा दिने सहुलियतका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र अस्पतालका प्रबन्ध निर्देशक पौडेलले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।  

महालक्ष्मी विकास बैंक भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताका अनुसार सम्झौता पश्चात बैंकका ग्राहकलाई अस्पतालले ओपिडी टिकट, ल्याब सेवा, एक्स–रे÷भिडियो एक्स–रे, इको र इसीजी सेवामा १० प्रतिशत छुट प्रदान गर्ने बताए । त्यस्तै भर्ना भएका बिरामीलाई बेड शुल्कमा ५ प्रतिशत प्रदान गरिने गुप्ताले जानकारी दिए ।

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा रहेको उक्त अस्पताल केही महिना अगाडि सुविधासम्पन्न आधुनिक भवनबाट सेवा विस्तार गरिरहेको छ । मृगौला रोगको उपचारमा लुम्बिनी प्रदेशमै प्रभावकारी सेवा दिदै आएको उक्त अस्पतालमा यति बेला हाडजोर्नी र नशा रोगको पनि विशेष उपचार हुँदै आएको छ । महालक्ष्मी बैंकले देशभरीका १०३ शाखामार्फत करिब ५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।