
शनिवार , भाद्र २०, २०७७
बुटवल, २० भदौ ।
रोटरी क्लब अफ बुटवलले शनिबार रोट¥याक्ट क्लब आवद्ध पदाधिकारी एवं सदस्यहरुका लागि जीवन उपयोगी सीप विकास सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । रोटरी क्ल अफ बुटवलको १३२८ औं नियमित बैठक एवं रोट¥याक्ट क्लब अफ बुटवलको ४८७ औं बैंठकका अवसरमा रोट¥याक्ट क्लवका पदाधिकारी एवं सदस्यहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।
भर्चुअल रुपमा आयोजना गरिएको कार्यशालामा रोटर्याक्ट क्लव अफ बुटवल, रोट¥याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल र रोटर्याक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसमा आवद्ध पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।
कार्यशालाका प्रमुख वक्ता रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ रिजन ३ का डिष्ट्रिक ट्रेनिङ टिमका अध्यक्ष एवं रिजन ३ जोन १३ का एजी अनिल श्रेष्ठले जीवन उपयोगी सीप विकासका बारेमा जानकारी गराएका थिए । उनले व्यक्तिको व्यवहार परिवर्तनसँग सम्बन्धित जीवन उपयोगी कार्यक्रमबारे प्रकाश पार्दै नेतृत्व विकास, पेशागत विकास र अध्ययनको विकासका लागि यस्ता कार्यशाला महत्वपूर्ण हुने बताए ।
त्यस्तै कार्यक्रममा रोटरीका इन्टरनेशनल सर्भिस कमिटी चेअर एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वास कोअर्डिनेटर नुगल वैद्यले रोटरी क्लब र रोटरीयनहरुको आवश्यकता र महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै सामाजिक भावनाका साथ अघि बढ्न र रचनात्मक कार्यमा लाग्न आग्रह गरे । उनले यहाँका संरचना र व्यक्तिको मानसिकता परिवर्तन नभएसम्म वास सफल हुन गाह्रो हुने बताए ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का एजी खिमानन्द भुसाल, क्लवका सचिव रोम शर्मा, रोटरीयन राजेन्द्र लम्साल, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी, रोटर्याक्ट क्लव अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष खिमानन्द पौडेल, जिवकान्त काफ्ले लगायतले पनि बोलेका थिए । कार्यक्रममा तीनजना अतिथी, रोटरीयन ६५ र रोट¥याक्टर ५८ जना सहभागि थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij