२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन मन्त्री ज्ञवालीको आग्रह

शनिवार , भाद्र २०, २०७७

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • अमेरिका (टेक्सस), २० भदौ  । 
    परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले देशबाहिर रहने नेपालीहरुलाई नेपालको दलगत राजनितिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । उनले देश बाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकतावद्व भइ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    अनलाइन माध्यमबाट शनिवारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रस्तरको क्षेत्रीय वैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपाली समक्ष आग्रह गरे । 
    कांग्रेस र कम्युनिष्टको नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौं, मन्त्री ज्ञवालीले भने– तपाईहरुले गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुप¥यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरंगित हुनुप¥यो, तपाईहरु विदेशमा नेपालीपन मात्र लिएर अघि बढ्नुहोस् । 

    मन्त्री ज्ञवालीले नेपालको विकास र समृद्दिका लागि गैरआवासीय नेपालीको लगानी मात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सिप, ज्ञान, अनुभव उपयोग गर्न सरकार सधै तयार रहेको बताए । 

    फरक प्रसंगमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्दिका लागि प्राप्त जनादेश अनुसार नै अगाडि बढिरहेको उल्लेख गर्नुहुँदैं उपलब्धी समेत हासिल भैरहेको आर्थिक सूचकहरुवाट देखिएको बताए । 

    नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री ज्ञवालीले जनताको बलिदानवाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको  अवस्थामा केही विषयहरु ‘अप्स एण्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिए । 

    व्यवस्था मात्रै लोकतान्त्रिक भएर नहँुदो रहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, सिटिजन सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ । मन्त्री ज्ञवालीले भने– यो क्रम भइरहेको छ । इट्स टेक टाइम, अहिलेनैं आत्तिहाल्नुपर्ने अवस्था छैन । 

    पछिल्लो समय कोरोनाको महामारीवाट विश्वसँगै नेपालमा पनि त्यसवाट असर पुगेको बताउँदै उनले अप्रत्याशित विपक्तिवाट देशमा या विदेशमा  रहेका नेपाली जनतालाई जोगाउनका लागि  सरकारले काम गरिरहेको उल्लेख गरे । 

    अर्को प्रसंगमा मन्त्री ज्ञवालीले गैर आवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानुन निर्माणको प्रक्रिया अवका दिनमा अघि बढ्ने जानकारी दिए । 

    सो अवसरमा बोल्नुहुँदैं नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक पूर्व मन्त्री बालकृष्ण खांणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देश बाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताए । उनले एक पटकको नेपाली सधैको नेपाली भन्ने पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै अब कुनै पनि योजना तर्जुमा गर्दा केवल देशभित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिए । 

    देश बाहिर रहेका नेपाली एकप्रकारले देशका निम्ति सद्भावना दुत जस्तै रहेको बताउनुहुँदैं पूर्व मन्त्री खांणले नेपालको विकास र समृद्दिका लागि एनआरएनहरुको भूमिका र योगदान महत्व पूर्ण रहेको उल्लेख गरे ।

    त्यस्तै नेकपाका स्थायी समिति सदस्य पूर्व गृहमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको समस्या समाधानमा आफूहरु गम्भिर रहेको बताए । उनले संसदको राज्य व्यवस्था समितिवाट पारित विद्येयकले समेत धेरै कुराहरुको सुनिश्चितता गरेको बताउँदै संसदको पूर्ण वैठकमा समेत त्यसमा थप छलफल गरी समेट्नुपर्ने विषयलाई कानुनमा समेत समेटेर जान सकिनेमा जोड दिए ।

    एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाको सहजीकरणमा भएको उद्घाटन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगाना, एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्त, महिला नेतृ अंजनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उप संयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपिकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा. लक्ष्मी पाठक लगायतले धारणा राख्दै नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीले सकारात्मक ढंगवाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिएका थिए ।
    तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयहरुमाथि अन्तरक्रियात्मक कार्यशालाहरु संचालन हुनेछन् । सम्मेलनवाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणा पत्र एनआरएनए आइसिसी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय वैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरे पश्चात अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ