२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

अर्घाखाँचीमा मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

मंगलवार , श्रावण १९, २०७८

अर्घाखाँची ।अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ ।

पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो ।

यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७, १५, १३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् ।