२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान 

आइतवार , भाद्र २१, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २१ भदौ ।
    रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन ।

    कोरोनाको महामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपूर्ण नै भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताए । 
    कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले रगतको अभाव हुन नदिनका लागि संघसंग सधै तिलोत्तमा उद्योग वाणिज्य संघ हातेमालो गर्न तयार रहेको समेत बताए ।

    नियमित रक्तदाता सरोज शिलवालको मृत्युपछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्षपछि पुनः संचालनमा आएसंगै विगत केही महिनादेखि हरेक महिनाको तेस्रो शनिबार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताए ।

    संस्था पुर्नजीवित भएपछि हरेक महिनाको तेस्रो शनिबार गर्ने रक्तदान कार्यक्रममा अन्तर्गत १०१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रेम बहादुर सुनारले बताए ।

    संस्थाका सह–संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको बताए । उनले रगतको अभाव भएमा आकस्मिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरी कार्ययोजना बनाएको समेत बताए । रक्तदान कार्यक्रममा समाजसेवी विमल बहादुर शाक्य, संस्थाका सल्लाहकार सुरेन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा रक्त संचार सेवा केन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको सचिव महेश खनाल बताए ।