२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कोभिड १९ ले बालबालिका तथा अभिभावकमा पारेको प्रभावका बिषयमा कार्यशाला 

आइतवार , भाद्र २१, २०७७

भैरहवा । लायन्स क्लव अफ भैरहवा डायनामिक टिचर्सको आयोजनामा कोभिड १९ ले समाजमा पारेको प्रभाव र त्यसको व्यवस्थापनको बिषयमा बालबालिका, अभिभावक तथा शिक्षकहरुका लागि एक दिने कार्यशाला गरिएको छ । 

कोभिड १९ का कारण बिगत ६ महिना देखि घरमै बसेका बालबालिकाहरुको मानसिक स्वास्थ्यलाई मध्यनजर गरी सिविन नेपाल र कान्ति बाल अस्पताल मानसिक स्वास्थ्य बिभागको सहयोगमा गरिएको कार्यक्रममा बालबालिकामा सकारात्मक सोचको बिकास गर्ने खालका कुरा मात्र गर्नु पर्नेमा जोड दिईएको थियो ।

कार्यक्रममा सिविनका काउन्सीलर तथा मनोसामाजिक परामर्सकर्ता सृष्टि भट्टराईले कोभिड १९ सम्बन्धी नकारात्मक कुराको पछाडि नलाग्न आग्रह गरिन । उनले बालबालिका तथा अभिभावकको मनोबल बृद्धि हुने खालका सुचना तथा समाचारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै सङक्रमितको सङख्या र मृत्युका समाचारमा त्यति चासो नदिन आग्रह गरिन । कोभिडलाई हाउगुजीको रुपमा मात्र लिनु भन्दा पनि यसबाट जोगिने उपाएका बिषयमा बढि केन्द्रित हुन आग्रह गर्दै सरसफाईमा बढि ध्यान दिन, बालबालिकालाई अनाबश्यक रुपमा बाहिर धेरै साथीहरुको समुहमा खेल्न नपठाउन आग्रह गरिन ।  

कार्यक्रममा बोल्दै लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ विका मल्टिपल काउन्सील डिष्ट्रिक आईटि चेयरपर्सन सुनिल ओझाले क्लवले सामुदायिक बिद्यालयको शैक्षिक गतिबिधि तथा गुणस्तर बृद्धिमा ठुलो सहयोग गर्ने अपेक्षा राखेका छन् । 

क्लवका चार्टर प्रसिडेण्ट बिना भण्डारी पाठकको अध्यक्षता, सिला पाण्डेको सञ्चालन, सोभाना पाण्डेको स्वागत तथा नारायणी नेपालको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा सहभागि अभिभावकहरुले सकारात्मक सोचको बिकास गर्न जरुरी रहेको बताएका थिए ।