२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

सुस्तामा होमकोचिङ्ग पढ्ने बालबालिकालाई त्रिपाल सहयोग 

बिहिवार , श्रावण २१, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • नवलपरासी ,२१ श्रावण 

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडं नं ५ द्वारा  त्रिपाल सहयोग गरिएको छ । वडा नम्बर ५ को वडा कार्यलयको सहयोगमा १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको हो । 

    संवाद किशोर किशोरी संजालले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको पढाइलाई निरन्तरता दिनका लागि सञ्जालका किशोर किशोरीहरुले सञ्चालन गरेको होमकोचिङ्गमा बस्नलाई १२ वटा समुहलाई १२ वटा त्रिपाल वडा कार्यलयले सहयोग गरेको सञ्जालकि अध्यक्ष रिमा कुमारी कोहारले बताइन्  । 


    सो त्रिपाल समुहलाई हस्तान्तरण गर्दै वडा नं ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले सरकारले गर्न नसकेको काम सञ्जालका किशोरकिशोरीले बालबालिकाको शिक्षा लाई मध्यनजर गर्दै होमकोचिङ्ग सञ्चालन गरि पठनपाठन गराईरहेकोमा खुसि ब्यक्त गरेका थिए । साथै किशोर किशोरीहरुले गरेको यो योगदानलाई हेरेर राम्रो संग बसेर पठनपाठन गर्न मिलोस भनी यहाँहरुको १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको बताए ।  उनले किशोर किशोरी र एविसि नेपाल सगै एविसि नेपालका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद समेत दिएका थिए । 

    सो अवसरमा वडा नं ५ का वडा सचिव करन बहादुर दर्लामि , एविसि नेपालका सुपरभाइजर संजित शर्मा , भोलेन्टियर विना गाहा मगर लगाएतको उपस्थितिमा  त्रिपाल सहयोग गरिएको थियोे ।