
शुक्रवार , श्रावण २२, २०७८
भैरहवा, २२ साउन ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले भैरहवामा एकदिने निःशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ । यही साउन २३ गते शनिबार बिहान ७ः४५ बजेदेखि भैरहवा बहुमुखी क्याम्पसमा शिविर सञ्चालन गरिने अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य तथा कार्यक्रम संयोजक विवेक भण्डारीले बताए । आई भ्यू मेडिकल एण्ड रामु चश्मा पसल र लुबे्रक्स आई ड्रप्स (माइक्रो ल्याब लिमिटेड)को सहयोगमा शिविरको आयोजना गर्न लागिएको भण्डारीले जानकारी दिए ।
‘अनेरास्ववियुले स्थापनाकालदेखि नै विद्यार्थीको हकहितका लागि काम गर्दै आएको छ, अस्पतालसम्म पहुँच नपुगेका आँखासम्बन्धि समस्या भएका विपन्न नागरिकलाई लक्षित गर्दै शिविरको आयोजना गर्दैछौं, ’उनले भने । शिविरको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरले उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij