२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

प्रारम्भिक द्रुत लेखा जोखा सम्बन्धी एकदिने तालिम

शुक्रवार , श्रावण २२, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २२ साउन ।
    सम्मरीमाई गाउँपालिकाको सक्रिय विपद् स्वयंसेवकहरुको लागि प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी एकदिने तालिम कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरको आयोजना, सम्मरीमाई गाउँपालिकाको समन्वय तथा युएनएफपिएको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कार्यवाहक सभापति दिपक क्षेत्री न्यौपानेको सभापतित्व, कोषाध्यक्ष रुपमा हिराचन, वरिष्ठ शाखा अधिकृत कृष्ण मल्लको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मरीमाईका डीआरआर फोकल पर्सन कमल अर्याल, सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतले बोलेका थिए ।

    कार्यक्रममा आइआरए फोकलपर्सन राजेश जि.सी.ले प्रमुख प्रशिक्षण, युएनएफपियका सिनियर अफिसर प्रवेश घिमिरेले प्रशिक्षण र आइएफआरसीका कार्यक्रम अधिकृत सुरक्षा भट्टराई, रेडक्रस सोसाइटी रिपोर्टिङ अफिसर बसुन्धरा गौतमले सहजीकरण गरेका थिए ।

    तालिममा सम्मरीमाई गाउँपालिकाका डीआरआर फोकलपर्सन कमल अर्याल, सम्मरीमाई गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका वडाअध्यक्षहरु र रेडक्रस सोसाइटी मर्चवार उपशाखाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।