images

बुधवार, बैशाख १२ गते २०८१

मुख्यमन्त्री पोखरेललाई कांग्रेस संसदीय दलको ९ बुँदे सुझाव

मुख्यमन्त्री पोखरेललाई कांग्रेस संसदीय दलको ९ बुँदे सुझाव

images
images
images
आइतवार, भाद्र २१ २०७७
आइतवार, भाद्र २१ २०७७
  • मुख्यमन्त्री पोखरेललाई कांग्रेस संसदीय दलको ९ बुँदे सुझाव

    बुटवल । प्रदेश सरकार प्रदेश नं. ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको भन्दै काङग्रेस संसदिय दल प्रदेश ५ ले मुख्यमन्त्री शंकर पोखरेललाई ९ बुँदे  सुझाव दिएको छ ।  

    images

    संसदीय दलले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा ९ बुँदे सुझाव दिएको हो । काङग्रेसले निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ । 

    संसदीय दलका नेता बीरेन्द्र कुमार कानोडियाले प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको बताएका छन् । उनले मुख्यमन्त्री पोखरेललाई यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गर्न माग गरे । 

    यस्तो छ मुख्यमन्त्री पोखरेललाई दिईएको नौ बुदे सुझाव 
    नेपाली कांग्रेस संसदीय दल प्रदेश नं. ५ ले कोरोना संक्रमण न्युनिकरण र निवारण साथै समसामयिक परिस्थितिलाई सम्बोधन गर्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरूका बारेमा निरन्तर सल्लाह, रचनात्मक सुझाव सहित खबरदारी गर्दै आईरहेको छ । 

    प्रदेश सरकार प्रदेश नं ५ को कोरोना संक्रमण रोकथाम तथा उपचार सम्बन्धि तयारी निकै फितलो देखिएको छ जसका कारण लक्षण सहितका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनु परिरहेको अवस्था छ । प्रदेशको विभिन्न जिल्ला र पालिकाहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन ।

    कतिपय स्थानमा संक्रमण समुदायमै फैलिसकेको छ । निषेधाज्ञा लगाउनेरनलगाउने निर्णय स्थानीय प्रशासनले गरेको भन्ने बहाना बनाएर प्रदेस सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र आम नागरिकले भोग्नु परेका आर्थिक तथा सामाजिक सङ्कट समाधानकालागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना  सार्वजनिक गर्न  जोरदार माग गर्दछौं । 

    आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जादैछ र नागरिक जीवन अत्यन्त संकटमा छ । यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नु पर्ने केही कामहरुका बारेमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

    १ अहिलेसम्म प्रदेश सरकार दिशाविहिन र योजनाविहिन छ । यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् । 

    २ कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पताललाइ कोरोना अस्पताल रुपमा ब्यबस्थापन गरियोस् ।

    ३ अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता,सघन उपचार कक्ष तथा भेन्टीलेटरको प्रयाप्त व्यवस्था गरियोस् । 

    ४ संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पिसिआर परिक्षणलाई व्यापक बनाइयोस् । 

    ५ स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस् । 

    ६ प्रदेशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस । 

    ७ कोरोना संक्रमण महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि खटिएका चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मीहरूले पाउने प्रोत्साहन र जोखिम भत्ता समयमै उपलब्ध गराइयोस् ।

    ८ कृषकहरुलाई आवश्यक पर्ने रसायनिक मल सरकारले समयमै उपलब्ध गराउन नसक्दा कृषि उपजको उत्पादन घट्ने र कृषकहरुको लगानी र श्रम खेर जाने अवस्था देखिएको हुँदा मलको अबिलम्ब व्यवस्था गरियोस् ।

    ९ कोरोना संक्रमण महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं । उहाँहरु सबैको सुरक्षाको लागि प्रदेश सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij