२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तिलोत्तमा नेवा मयजुको वृक्षारोपण

शुक्रवार , श्रावण २२, २०७८

बुटवल, २२ साउन ।
श्री तिलोत्तमा नेवा मयजु खलः ले रामापिथेकस बोटानिकल गार्डेन र बाल विकास केन्द्रमा शुक्रबार वृक्षरोपण कार्यक्रम गरेको छ । जैविक विविधता पार्क क्षेत्रको धार्मिक बनमा विभिन्न प्रजातीका विरुवाहरु वृक्षारोपण गरेको हो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका बडा नम्बर ३ का वडा सदस्य सरस्वती कुंवरले वृक्षारोपण गरी शुभारम्भ गरेका थिइन् । रुपन्देही र पाल्पा जिल्लामा पर्ने धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सबैको पहल जरुरी रहेको उनले बताइन् । लामो समयदेखि सो क्षेत्रमा लोपोन्मुख विरुवाहरु रोप्दै आएको भन्दै उनले यसको संरक्षण महत्वपूर्ण हुने बताइन । 

मयजु खलः का अध्यक्ष मिलन श्रेष्ठले धर्म, संस्कृति जर्गेना गर्ने उद्येश्यका साथ स्थापना भएको सामाजिक संस्थाले विभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । नेवार समुदायमा हराउँदै गएका धेरै चाडपर्वलाई जोगाउन आफूहरु निरन्तर लागेको उनले बताए । कार्यक्रममा सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष लक्ष्मण पोखरेल, सहसचिव गणेश प्रसाद श्रेष्ठ, आनन्द भगत श्रेष्ठ, धनेन्द्र श्रेष्ठ, राजु श्रेष्ठ, सुरज क्षेत्रीले सबैको सहयोगमा जैविक विविधता पार्क विकासमा लाग्न सुझाव दिए । कार्यक्रमका संयोजक सुशिला श्रेष्ठले करीब एक सय विरुवाहरु रोपिएको उनले बताइन् । बोटानिकल गार्डेन ३ सय ९५ हेक्टर क्षेत्रफल रहेको छ ।