२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

जन्मदिनको अवसरमा वृद्धाको औषधी खर्चको जिम्मेवारी लिने घोषणा

शनिवार , श्रावण २३, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २३ साउन ।
    आफ्नो जन्मदिनको अवसर पारेर भैरहवाका एक युवाले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा रहेकी एक वृद्धाको सम्पूर्ण औषधी खर्चको जिम्मेवारी लिएका छन् । रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष तथा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेमा कार्यरत जय सिंह थापाले वृद्धाआश्रममा रहेका ७३ वर्षिय गीता क्षेत्रीको एक वर्षसम्म औषधी खरीद वापत लाग्ने खर्च आफूले व्यहोर्ने बताए । ‘जन्मदिनको अवसर पारेर केही भए पनि नयाँ काम गर्ने सोचका साथ, औषधी खर्चवापत रकम प्रदान गर्ने जिम्मेवारी लिएको छु, ’उनले भने ।

    जन्मदिनमा फजूल खर्च भन्दा समाजका लागि केही गर्न सकिए त्यसले राम्रो सन्देश जाने उनको भनाइ छ । वृद्धाआश्रममा रहनुभएकी वृद्धाआमाको एक वर्षका लागि औषधी खर्च उपलब्ध गराउने युवा जय सिंह थापाको कार्य प्रशंसनीय रहेको आश्रमका अध्यक्ष माया खरेलले बताइन् ।