२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भिडभाड नगरी व्यवसाय सञ्चालन गर्न उद्योग व्यापार संगठनको आग्रह

आइतवार , भाद्र २१, २०७७

भैरहवा, २१ भदौ ।
उद्योग व्यापार संगठन रुपन्देहीले कोभिड–१९ संग सतर्क रही नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनहरु पालना गर्दै भीडभाड नगरी व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सम्पूर्ण होटल तथा रेष्टुरेण्ट, यातायात, व्यूटीपार्लर, निजी विद्यालयहरु लगायत मारमा परेको सम्पूर्ण पक्षलाई पनि विस्तारै खुकुलो पार्दै वैज्ञानिक विधि अवलम्बन गर्नुपर्ने संगठनको भनाइ छ ।

संगठनले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरससंग सुरक्षित अवतरण गर्ने वातावरण सिर्जना गरी व्यवसायी र सरकार दुवैको आर्थिक गतिविधि अघि बढाउने कार्यक्रम ल्याउन सरकार र मातहतका निकायहरुलाई आग्रह गरेको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले विज्ञप्ती जारी गर्दै नगरपालिका र जिल्ला प्रशासन कार्यालय सकारात्मक भइ लकडाउनलाई थोरै खुकुलो पारी व्यवसायीको सटर उठाउने वातावरण तयार गर्न सम्भव भएको भन्दै सिद्धार्थनगर नगरपालिकासहित स्थानीय सरकार प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, पत्रकार, उद्योगी व्यवसायी, बुद्धिजीवि, संघ–संस्था, सामाजिक अभियन्ता तथा सम्पूर्ण नागरिकमा धन्यवाद ज्ञापन गरेका छन् ।

संगठनले भदौ १७ गते प्रेस विज्ञप्ती जारी गर्दै भदौ २१ गतेदेखि लकडाउन र व्यापार व्यवसाय बन्द गर्ने कुनै पनि कार्यक्रम गर्न सकिदैन र यस्ता कार्यक्रम आएमा उद्योगी व्यवसायीहरुले अवज्ञा गर्ने भनेर सार्वजनिक गरी सोही बमोजिम नगरपालिका र प्रशासन कार्यालयका बैठकहरुमा पहल गरिएको भण्डारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

भदौ १ गतेदेखि लगातार ३ हप्तासम्म भएको लकडाउनबाट सम्पूर्ण व्यवसायीहरु आजित भइ पूर्ण रुपमा आर्थिक घाटातर्फ गइ अरबौको नोक्सानी हुने स्थिति आउने कुरालाई मध्यनजर गर्दै उद्योगी व्यवसायीले लकडाउनको अवज्ञा गर्ने जानकारीसहित  विज्ञप्ती निकालिएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।118711534_3444208635646726_5151811148912697570_o.jpg