२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

कक्षा १२ को परिक्षा स्थगित

आइतवार , श्रावण २४, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा । बढ्दो कोरोना महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा स्थगित गरेको छ। पुनः परिक्षा हुनुभन्दा १५ दिनअघि नै सूचना दिएर अब कहिले परीक्षा हुने भनेर मिती तोकिने बोर्डले जनाएको छ। 

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ। 

    यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको  जनाएका थिए।

    राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।

    तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।