२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तिलोत्तमा जेसिज सप्ताह सम्पन्न

आइतवार , श्रावण २४, २०७८

बुटवल । तिलोत्तमो जेसिजद्धारा संचालीत जेसिज सप्ताह बिभिन्न कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ। गत साउन १६ गते शनिबार देखि सुरु भएको सप्ताहको हिजो एक कार्यक्रमका बिच समापन गरिएको छ। 

जेसिज सप्ताह अन्र्तगत शेयर बजार सम्बन्धि प्रशिक्षणको आयोजना गर्दै सुरु भएको सप्ताहमा, रत्तदान कार्यक्रम, संसदीय बैठक प्रणाली सम्बन्धी प्रशिक्षण, खाद्यन्न बितरण, बृक्षारोपण तथा सरसफाई, अन्तर शाखा स्तरीय मैत्रिपुर्ण फुटसल तथा व्याटमिन्टन प्रतियोगिता, उद्घोषण सम्बन्धि तालिम संचालन गर्दै सम्पन्न भएको तिलोत्तमा जेसिजका महासचिव बिनित भट्टराईले जानकरी दिए।

जेसिज सप्ताहको समापन गर्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले कोरोना महामारीले विश्व आक्रान्त भएको बिषम अवस्थामा तिलोत्तमा जेसिजले सुरक्षीत रुपमा जेसिज सप्ताह सम्पन्न गरेको भन्दै धन्यवाद दिए। सो अवसरमा नेपाल जेसिजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुमन कृष्ण श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, विभिन्न शाखाहरुको तर्फबाट मातृ शाखा सिद्धार्थनगर जेसिजका अध्यक्ष गोपाल ज्ञवाली लगायतले शुभकामना दिदै जेसिजका राम्रा कामलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए। 

तिलोत्तमा जेसिजका बर्ष २०२१ क अध्यक्ष बासुदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताह अन्र्तगत आयोजना गरिएको मैत्रिपुर्ण अन्तरशाखा फुटसल प्रतियोगिताको बिजेता उपबिजेता भलवारी जेसिज र कपिलवस्तु जेसिज तथा व्याटमिन्टन प्रतियोगिताको बिजेता तथा उपबिजेता सिद्धार्थनगर जेसिज तथा रामनगर जेसिज लाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएका थियो। कार्यक्रममा जेसिज सप्ताह अन्र्तगत आयोजना भएका विभिन्न कार्यक्रमहरुको संयोजकहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो। 

तिलोत्तमा जेसिजले जेसिज सप्ताह समापन पुर्व उद्घोषण तालिम सम्पन्न गरेको छ। जेसिजमा आबद्धहरुमा युवाहरुमा बोल्ने कलाको बिकास गर्न भन्दै आयोजना गरिएको उद्घोषण तथा वाक कलाको सहजीकरण प्रशिक्षक तथा संचारकर्मि रमेश अर्यालले गरेका थिए। 
 
जेसिज सप्ताह मुल संयोजक प्रकाश गौतमको स्वागत तथा महासचिव बिनित भट्टराईको संचालनमा भएको कार्यक्रममा तिलोत्तमा जेसिजले आगामी बर्ष २०२२ मा सम्मपन्न हुने नेपाल जेसिजको क्षेत्र घ सम्मेलनको आयोजना गर्ने प्रस्तावलाई अगाडी बढाइएको तिलोत्तमा जेसिजका अध्यक्ष शर्माले जानकारी दिए।