२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

उपचाररत बिरामीमा संक्रमण देखिएपछि पाल्पा अस्पताल सिल

सोमवार , भाद्र २२, २०७७

पाल्पा । पाल्पा अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण  देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । 

उनका अनुसार गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन् ।

अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ ।