
आइतवार , श्रावण २४, २०७८
भैरहवा। रोटरी क्लव अफ मिड रुपन्देहीमा नयाँ कार्यसमिति चयन भएको छ। बुटवलमा सम्पन्न अबिधेशनबाट डा. ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। क्लवको ईमिडेट प्रेसिडण्टमा जिवन गौतम, प्रेसिडण्ट ईलेक्टमा बाबुराम पाठक, नोमिनी प्रेसिडण्टमा दुर्गा पन्त चयन भएका छन्।
त्यसैगरी क्लवको भ्वाईसप्रेसिडण्टमा नुमलाल पौडेल, सचिवमा मधुसुदन घिमिरे, कोषाध्यक्षमा अर्जुन भण्डारी, सहसचिवमा बिष्णु गौतम, फण्ड राईजिङ चेयरमा नरदेव न्यौपाने, युथ सर्भिस चेयरमा लक्ष्मण शर्मा, मेम्बरसिप चेयरमा युवराज पाण्डे, पब्लिक रिलेसन चेयरमा दिपक प्रसाद चापागाई चयन भएका छन्।
त्यसैगरी कम्युनिटि प्रोजेक्ट चेयरमा धुर्वराज अर्याल, क्लव प्रशाशन चेयरमा संजीव नेपाल, द रोटरी फाउण्डेसन चेयरमा यमप्रसाद तिवारी, भुवन पन्थ, जिएसआरमा प्रकास पौडेल चयन भएका छन्।
एजि देवि गुरुङको प्रमुख आतिथ्यता तथा सचिव यमप्रसाद तिवारीको सञ्चालनमा भएको कार्यक्रममा सिए प्रेम भुर्तेल, राजेन्द्र लम्साल, धुर्वकुमार धिताल, कदन कट्टेल, कृष्णप्रसाद पाण्डे लगाएतले बोल्दै क्वललाई सामाजिक कार्यमा थप क्रियाशिल हुन आग्रह गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij