images

शनिवार, बैशाख १५ गते २०८१

सामूहिक कृषि क्रान्तिमा लागेका गुल्मीका युवाहरुको लोभलाग्दो कृषिकर्म

सामूहिक कृषि क्रान्तिमा लागेका गुल्मीका युवाहरुको लोभलाग्दो कृषिकर्म

images
images
images
आइतवार, श्रावण २४ २०७८
आइतवार, श्रावण २४ २०७८
  • सामूहिक कृषि क्रान्तिमा लागेका गुल्मीका  युवाहरुको लोभलाग्दो कृषिकर्म

    साउन २४ गुल्मी

    images

    नेपाल कृषि प्रधान देश हो र कृषि बाट थुप्रै आम्दानी गर्न सकिन्छ । मेहेनत र परिश्रम गर्न सके मेहेनत अनुसारको आम्दानी हुनेमा दुईमत छैन् तर कृषि प्रधान देश भएतापनि गाउँमा राम्रो रोजगार नपाएपछि दैनिक सयौंको संख्यामा युवाहरु बिदेशमा प्लायन हुन बाध्य छन् । तर बिदेशको गर्मी र मेहेनतलाई सम्झिएर गल्मीका प्रदेशबाट फर्किएका गुल्मीमा युवाले गाउँमै कृषि क्रान्ति गर्न थालेका छन् ।

    जिल्लाको सत्यवति गाउँपालिका आठ जना युवाहरु मिलेर सामूहिक रुपमा नमुना कृषि तथा पशुपन्छी फार्म दर्ता गरी कृषिमा एक उदाहरण प्रस्तुत गरेका छन् । गाउँपालिकाको वडा न ४ लिम्घाको थालेपाटामा कृषि फर्म सञ्चालन गरेका छन्। यस फार्ममा ८ जनाले युवाले सामूहिक लगानी गरेका छन् । फार्ममा उनीहरुले हाल सम्म ३८ लाख लगानी गरेका छन् भने फर्ममा बिस्तारै लगानी थप्ने योजनामा उनीहरु छन् । उनीहरुको फार्मम खुर्सानी ,टमाटर, काक्रो लगायत तरकारीहरु लटरम्म फलेका छन् । युवाहरुले र्फाबाट दैनिक कुइन्टल का कुइन्टल टमाटर ,काक्रो र तरकारी सत्यवतीको जोहाङ्ग खैरेनी तथा स्थानिय बजारमा खपत गर्दै आएका छन् ।

    फर्म संचालक भन्छन् “फर्म सुरु गर्दा प्राकतिक बिपत्तिका कारण अलि समस्या भयो ” तर अहिले फर्ममा तरकारी फलेको देख्दा र आम्दानी लिदाँ हामी निकै खुसि छौ । कृषि संगै पशुपालनमा समेत रााम्रो सम्भावना देखेपछि पशुपन्छी पाल्नको लागि जग्गा समेत लिएका छन् । तत्काल खोर निर्माण गरी पशुपन्छि पाल्ने योजना रहेको उनीहरु बताउँछन् । फर्मको नजिकै झन्डै ३० ओटा फलफुलका बिरुवा सम्म रोपेका छन जस्ले निकट भबिस्यमा निकै फाइदा पुग्ने बताइएको छ ।

    बिदेशबाट बिभिन्न अनुभव र दुःख पछि नेपाल फर्किएर कृषि कर्ममा लागेका युवाहरुलाई फर्म संचलन गर्ने बेला प्राकृतिक बिपत् आइलाग्यो । तर उनीहले निर्माण गर्दै गरेको फर्मलाई समेत सामान्य क्षति पुग्यो । तर उनीहरु क्षतिलाई हार नमानी निरन्तर आफ्नो कर्ममा तल्लिन भए। उनीहरुको समस्या थाहापाएपछि सत्यवती गाउँपालिकाले टनेल दियो । त्यसरी कृषिलाई ब्याबस्थित गर्दै गएमा गाउँपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता गरेको छ। गाउँमै संचालन गरेको फार्मबाट उत्पादन भएको तरकारी तथा फलफूलले गाउँपालिका नै आत्मनिर्भर बनाउने उनीहरुको लक्ष्य छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij