२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

आरडिटी पोजेटिभ देखिएका ब्यक्तीले आत्महत्या गरे

मंगलवार , श्रावण ६, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • अर्घाखाँची ३ असार।
    अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन ।

    जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ५ गल्दा मा रहेको हरि माविको क्वारेन्टाइनमा कोरोनाको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका ४५ बर्षीय देब बहादुर बिकले झुन्डिएर आत्म हत्या गरेका छन ।

    उनी जेठ १० गते भारतबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका थियो । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका विकको गत जेठ २३ गते आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको थियो । मृतकको पीसीआरको रिपोर्ट भने आएको छैन ।

    सोही विद्यालयको क्वारेन्टाइनमा उनी संगै ३ जना एउटै कोठामा बस्दै आएका थिए। एउटै कोठामा क्वारेन्टाइनमा बस्दै आएका अरूलाई रातिको समयमा सुताएर बिद्यालयको नजिक रहेको खन्नियुको रूखमा झुन्डिएर आत्महत्या गरेका छन् ।

    छिमेकीले देखेपछि आफुलाई खबर गरेको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए । यस बारे थप अनुसन्धान भैरहेको पनि पौडेलले बताए ।