२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लायन्स सिद्धार्थनगर लोटसको आयोजनामा एकदिने अभिमुखीकरण

सोमवार , श्रावण २५, २०७८

भैरहवा, २५ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको आयोजनामा एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले लायन्स क्लबमा आबद्ध भइसकेपछि क्लबबारे बुझ्न आवश्यक रहेको बताए । उनले अभिमुखीकरण कार्यक्रमले लायन्सबारे बुझ्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटाको, प्रशिक्षकद्वय डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापा, डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । 

लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी चिफ राजेश खरेल, रुपमा हिराचन, रिजन चेयरपर्सन अनिता थापा, जोन चेयरपर्सन माया मल्लिक, थिरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष एवं डिष्ट्रिक प्रोग्राम मेम्बर नेत्र प्रसाद आचार्य, लायन्स सिद्धार्थनगर लोटसका निवर्तमान अध्यक्ष एवं डिष्ट्रिक प्रोग्राम मेम्बर दुर्गा आचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष एवं लायन्स सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपाने, प्रथम उपाध्यक्ष चन्द्र बहादुर थापा, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष माया सारु मगर, सचिव मिनिता क्षेत्री लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु खरेलको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष ललिता बछारको स्वागत, निर्देशक मञ्जु पराजुलीको झण्डा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।