२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

सिद्धार्थनगरमा कोरोना संक्रमितको संख्या १८९ पुग्यो

सोमवार , भाद्र २२, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २२ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) हालसम्म १८९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी वडा नम्बर ८ का रहेका छन् ।

    नगर कार्यपालिका कार्यालयका अनुसार वडा नम्बर १ मा २२, २ मा ११, ३ मा १६, ४ मा १२, ५ मा १, ६ मा २५, ७ मा ६, ८ मा ४९, ९ मा ११, १० मा ३, १२ मा २२, १३ मा ७ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ११ मा भने कोरोना संक्रमितको संख्या शुन्य छ ।

    सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ८५ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

    त्यस्तै हाल १०२ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ७२, होटल आइसोलेशनमा  ७, अस्पताल आइसोलेशनमा २० र नगरपालिकाको आइसोलेशनमा ३ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ५१ जना महिला र ५१ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए । हालसम्म सिद्धार्थनगरमा दुई जना कोरोना संक्रमितका मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।