२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

स्वस्थ्य सामग्री र सचेतनामा सामाजिक संघसंस्थाको जोड

मंगलवार , श्रावण २६, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, २६ साउन ।

    रुपन्देहीका सामाजिक संघसंस्थाहरु स्वस्थ्य सामग्री वितरण र सचेतना कार्यक्रममा जोड दिएका छन्। सोमबार रोटरी क्लब अफ बुटवल डाउनटाउनले सियारी गाउपालिकास्थित हर्नौया हेल्थपोष्टलाई एक हजार ५ सय थान मास्क, ३ ग्यालिन सेनिटाईजर, १० पिस पिपिई र ५ सय जोर ग्लब्स वितरण गरेको हो ।

    एक समारोहका बिच सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ, क्लबका अध्यक्ष जबिन कक्षपति, क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, तुलसी घिमिरेले स्वस्थ्य चौकी ईन्चार्ज प्रेम सुवेदीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेका हुन।

    क्लबका निर्वतमान अध्यक्ष पंकज ज्ञवालीको धर्मपत्नी लक्ष्मि ज्ञवालीको जन्मदिवसको अवसरमा करिब २० हजार बराबरको स्वस्थ्य सामग्री उपलब्ध गराएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए। कार्यक्रममा पुर्वअध्यक्ष भिम राज श्रेष्ठ, ईलेक्ट प्रेसिडेन्ट भरत राना, सर्जन आर्म फष्ट प्रेमा केसीले समाजको आवश्यकता अनुसार सामाजिक कार्यमा आफुहरु लागेको बताए।