२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

वर्षाका कारण ढल्यो नगरको चिनारी हात्तिढुंगा

मंगलवार , श्रावण २६, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • २६ साउन, दाङ ।

    दाङको प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्तिढुंगा ढलेको छ । तुलसीपुर–१४ ढ्वाङपुर स्थित रहेको हात्तिढुंगा गएरातिदेखि परेको अविरल वर्षाका कारण  ढलेको हो । 

    वडा नं. १४ का वडाध्यक्ष पर्शुराम चौधरीका अनुसार हात्तिढुंगा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण गर्न नसकिरहेको अवस्थामा आज बिहान परेको पानीले पहिचान नै मेटिने गरी ढलेको हो । लामो समयदेखि ऐतिहासिक पहिचान बोकेको हात्तिढुंगा ढलेपछि स्थानीयले दुःख व्यक्त गरेका छन् । 

    स्थानीय तथा समाजसेवी जागेश्वर ओलिले स्थानीय सरकारले समयमै ध्यान दिन नसक्दा भत्केको बताएका छन् । हामिले स्थानीय सरकारलाइ पटक पटक भन्यौं  तर कुनै सुनुवाइनै भएन । अन्ततः आज नगरको यौटा चिनारी पनि ढल्यो । 

    अलौकिक शक्तिकोरुपमा माटोको ढिस्कोमा ठुलो ढुंगा रहेको हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको थियो ।