
सोमवार , भाद्र २२, २०७७
बुटवल, २२ भदौ ।
बुटवलका एक समाजसेवीले आफ्नी आमाको दोस्रो वार्षिकीमा अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाइरस महामारीको वेला पितृहरुको नाममा गरिने वार्षिकी कार्यलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनले समस्यामा परेका अपाङ्ग तथा दृष्टिविहिनहरुलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेका हुन् ।
बुटवल उप–महानगरपालिका वडा नम्बर २ पारी बुटवलका मिलेन्द्र श्रेष्ठले आफ्नी आमा विनुपा श्रेष्ठको स्वर्गारोहण भएको दोस्रो वार्षिकीको अवसरमा बुटवल उप–महानगरपालिका वडा नम्बर १४ उजेलापुर स्थित अपाङ्गहरुले नै आफै जोहो गरी भाडावाला घरमा वस्दै आएका करिव १७ जना अपाङ्ग तथा दृष्टिविहिनहरुलाई उक्त राहत प्रदान गरेका हुन् । राहतमा चामल, दाल, सोयोविन, नुन, भुजा र तेल लगायत दिइएको हो ।
श्रेष्ठले भने, ‘पितृको मृत आत्माले शान्ति पाओस भन्ने उद्देश्यले मानवीय सहयोगमा आमाको वार्षिकीमा लाग्ने खर्च अपाङ्गहरुलाई दिएको वताए । उनले भने, हरेक वर्ष आमाको वार्षिकीमा कुनै सामाजिक एंव मानवीय क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्नेछु ।
विगत लामो समयदेखि पारी बुटवलको अस्तित्वलाई वचाई राख्न, धार्मिक, राजनितिक र सामाजिक भूमिकामा क्रियाशिल श्रेष्ठले गत चैत ११ गते देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका निमित्त सरकारले जारी गरेको लकडाउनको अवधिमा आफ्नो गृह जिल्लावाट अन्य जिल्लाहरुमा दैनिक ज्याला मजदुरीमा काम गर्न गएकाहरु पूर्वपश्चिम महेन्द्र राजमार्गमा पैदल गन्तव्यमा लागेकाहरुलाई खाना खुवाउन उनले युवाहरुको समुह भेला गराई सडक यात्रीहरुलाई खाना खुवाउने जस्ता कार्यहरुमा अग्रसर हुँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij