
मंगलवार , श्रावण २६, २०७८
बुटवल, २६ साउन ।
रुपन्देहीका सामाजिक संघ–संस्थाहरु स्वास्थ्य सामग्री वितरण र सचेतना कार्यक्रममा जोड दिएका छन् । सोमबार रोटरी क्लब अफ बुटवल डाउनटाउनले सियारी गाउँपालिकास्थित हर्नौया हेल्थ पोष्टलाई एक हजार ५ सय थान मास्क, ३ ग्यालिन सेनिटाईजर, १० थान पीपीई र ५ सय जोर ग्लब्स वितरण गरेको हो । एक समारोहकाबीच सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ, क्लबका अध्यक्ष जबिन कक्षपति, क्लबका पूर्व अध्यक्ष पिताम्बर ज्ञवाली, तुलसी घिमिरेले स्वास्थ्य चौकी इञ्चार्ज प्रेम सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
क्लबका निर्वतमान अध्यक्ष पंकज ज्ञवालीको धर्मपत्नी लक्ष्मी ज्ञवालीको जन्मदिनको अवसरमा करिब २० हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । कार्यक्रममा पुर्वअध्यक्ष भिम राज श्रेष्ठ, ईलेक्ट प्रेसिडेन्ट भरत राना, सर्जन आर्म फष्ट प्रेमा केसीले समाजको आवश्यकता अनुसार सामाजिक कार्यमा आफुहरु लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij