२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

अवैध सालको काठ बरामद 

बुधवार , श्रावण २७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २७ साउन । 
    रुपन्देही प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–११ पिपलडाँडास्थित फोहोर याक्ने डम्पिङ साईडमा जमिनमुनी सालको काठ लुकाइ राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उक्त काठ बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा खटिएको टोलीले १३ गोलिया ९४.५३ क्यू फिट, अन्दाजी मूल्य रु. २ लाख  हजार बराबरको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    बरामद गएिको काठ आवश्यक कारवाहीको लागि कञ्चन सव–डिभिजन वन कार्यालय फायरलाईन रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।