
बुधवार , श्रावण २७, २०७८
भैरहवा, २७ साउन ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको प्रथम पदस्थापना समारोह सम्पन्न भएको छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रेग्मीले वर्ष २०२१/२२ का लागि नवनिर्वाचित अध्यक्ष सुमन खनाललाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएको थिए । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा स्पोन्सर गरिएको यो क्लब निस्वार्थ भावनाले समाजलाई केही सहयोग गर्ने तथा व्यक्तित्व विकास र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले खोलिएको संस्थापक अध्यक्ष समेत रहेका रेग्मीले बताए ।
वर्ष २०२१/२२ का अध्यक्ष खनालका अनुसार क्लबको वर्ष २०२१/२२ को प्रथम उपाध्यक्षमा दुर्लभ पराजुली, द्वितीय उपाध्यक्षमा दिपक न्यौपाने, सचिवमा सुशान भट्टराई, कोषाध्यक्षमा करुणा भुसाल र सह–सचिवमा गोविन्द कार्की रहेका छन् । त्यस्तै क्लबको सर्जेन्ट एट आमर्समा मोहन राउत, क्लब सर्भिस चेयरमा सिरिसा भण्डारी, एडिटर/पब्लिकेशन अफिसरमा एन्जल आचार्य (अस्मित), कम्युनिटी सर्भिस चेयरमा पुजन खरेल, वुमेन इमफावरमेन्ट अफिसरमा स्मृति पौडेल रहेका छन् । सदस्यहरुमा प्रसन्न अधिकारी, अमन मगर, सरिता शाही, सुसन ज्ञवाली, कुसल कंडेल, किरण क्षेत्री, निरांकर भुज, मोनिका क्षेत्री, मनिराम यादव, मन्दिरा क्षेत्री, विष्णु ठाकुर, विमला दंगाल, दिपेन्द्र सापकोटा, टंक प्रसाद कंडेल र विशाल ढकाल रहेका छन् ।त्यसै गरी सल्लाहकारमा दिनेश पौडेल, विमल सेञ्चुरी, डा. शत्तदल चौधरी र सुदिप सुवेदी रहेका छन् ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता, रोटरी डिष्ट्रिक ३२९२ जोन २५ का असिसटेन्ट गभर्नर कृष्ण प्रसाद पाण्डे, रोट्रयाक्ट डिष्ट्रिक नेपाल भुटानका डीआरआर लक्ष्मण खरेलको विशिष्ट आतिथ्यता, जोनल १८ का जोनल रोट्रयाक्ट रिप्रेजेनटेटिभ बाबुराम खनाल (अतित), रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१÷२२ का अध्यक्ष प्रा.डा. शत्तदल चौधरी, क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, निवर्तमान अध्यक्ष हिरा बहादुर शाह, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका सल्लाहकार दिनेश पौडेल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका प्रियाबन्धु न्यौपाने, राम अर्याल, विक्रम मल्ल, अनिल कुमार गुप्ता, दिपक वर्नवाल, गोपाल भण्डारी, उपेन्द्र यादव, गंगाधर भण्डारी, पंकज कुमार जैसवाल, कृष्ण अधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
क्लबका उपाध्यक्ष दुर्लभ पराजुलीको स्वागत, क्लबका सल्लाहकार सुदिप सुवेदी तथा सचिव सुुसन भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij