२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीमा सोमबार थपिए ४१ जना कोरोना संक्रमित

सोमवार , भाद्र २२, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, २२ भदौ ।
    रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ६ जना महिला र ३५ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा ४,  सिद्धार्थनगर नगरपालिकामा १८, ओमसतिया गाउँपालिकामा १६, सैनामैना नगरपालिकामा १, मायादेवी गाउँपालिकामा १ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । 

    यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार ३ सय २९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    त्यस्तै जिल्लामा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ६५३ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६६२ जनाले उपचार गराइरहेका छन् ।