२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीमा मंगलबार १९ जना कोरोना संक्रमित थपिए

मंगलवार , भाद्र २३, २०७७

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २३ भदौ ।
    रुपन्देहीमा मंगलबार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ४ जना महिला र १५ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा ५, सिद्धार्थनगर नगरपालिकामा ३, ओमसतिया गाउँपालिकामा १, सैनामैना नगरपालिकामा १, तिलोत्तमा नगरपालिकामा ४ र रोहिणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ।

    यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार ३ सय ४८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    त्यस्तै जिल्लामा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ६५८ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६७६ जनाले उपचार गराइरहेका छन् ।