images

सोमवार, बैशाख २४ गते २०८१

बहुप्रतिक्षित कुशाक बुकिङ सुरु

बहुप्रतिक्षित कुशाक बुकिङ सुरु

images
images
images
बिहिवार, श्रावण २८ २०७८
बिहिवार, श्रावण २८ २०७८
  • बहुप्रतिक्षित कुशाक बुकिङ सुरु

    बुटवल, २८ साउन ।

    जर्मनी प्रविधिको स्कोडा गाडीको बुटवलमा नयाँ शोरुममार्फत नयाँ मोडलका चारपांग्रे सवारीको बुकिङ शुरु भएको गरिएको छ । कालिकानगरस्थित रोडवेज लाईफस्टाईल्स प्रा.लि.को बुटवल क्षेत्रको आधिकारिक विक्रेताको रुपमा बुकिङ सुरु गरेको हो । स्थानीय समाजसेवी तथा रोडवेजका संरक्षक शान्तिदेवी श्रेष्ठले औपचारिक उद्घाटन गर्दै स्कोडाको नयाँ मोडल एसयुभी कुशाक मोडल सार्वजनिक समेत गरेका छन् । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युमार्फत रोडवेजलाई विक्री तथा बुकिङ सुरु गरेको हो ।

    कुशाक एक्टिभ, एम्बिसन र स्टाईल गरी तीन अप्सनमा आएको टिएसआई इञ्जिन जडान भएको नयाँ र अत्याधुनिक चारपांग्रे सवारी भएको उनले बताइन् । जसमा ५ भेरियन्टमा उपलब्ध भएको उनले बताए ।

    सुरुवाती एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसै गरी एम्बिसन म्यानुअल ट्रान्समिसन ५३ लाख ९० हजार रुपैयाँ, अटोमेटिक ट्रान्समिसन ५८ लाख ९० हजार रुपैयाँ, स्टाईल म्यानुअल ट्रान्समिसन ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसन ६५ लाख ९० हजार रुपैयाँ बजार मूल्य तोकिएको छ ।

    एक समारोहकाबीच संरक्षक शान्तिदेवी श्रेष्ठले नयाँ क्रेताहरु महेश्वर श्रेष्ठ, संजिव विक्रम मल्ल, दुर्गा कटुवाल चावी हस्तान्तरण गरिन् । अहिलेसम्म एक दर्जन सवारी बुकिङ विक्री भएको छ ।

    जर्मन कम्पनीबाट उत्पादन भएको सवारी विश्वमा नै उत्कृष्टमा पर्ने गर्दछ । रोबेस्ट र मस्कुलर लुक रहेको कुशाकले नेपाली एसयुभी प्रेमीको मन जित्ने प्रा.लि.का संचालक लक्ष्मी श्रेष्ठले दावी छ ।

    कुशाक अगाडीको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाईट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इञ्चको डायमण्ड कट अलोयह्विल छ । पछाडीको भागमा स्प्वाईलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउण्ड एलडी टेललाईट समेत छ । सुरक्षाका लागि ६ एअरब्याग, रियर पार्किङ क्यामरा, आईसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याप र वाईपर मल्टीकोलिजन ब्रेकिङ सिस्टम रहेको छ ।
    एमएडब्लुका विजनेश डेभलोपमेन्ट अफिसर विकास शर्माले ईएससी सबै भेरियन्टमा र जुन सेग्मेन्टमै पहिलो भएको दावी गरे ।

    यसको ईन्टरियर चालकलाई सहज बनाउन राखिएको सिम्प्ली क्लेभर फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १० इञ्चको टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाईटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहित सिक्स स्पिकर जडान छ । सर्भिस सेन्टर हाइ वे अटो भिल्ला गर्नेछ ।

    बजारमा स्कोडाका विभिन्न पाँच मोडेलमा सवारी छन् । जसमा रेपिड टिएसआईका पाँच भेरिअन्टमा ३६ लाख ९० देखि ५१ लाख ९० हजारसम्मका छन् । त्यसै गरी रेपिड टिएसआई एटी ५ भेरिअन्टका ४४ लाख ९० हजारदेखि ५८ लाख ९० हजारसम्म, सुपरबी टिएसआईएटी २ भेरिअन्टमा सपोर्टलाईन १ करोड ३९ लाख र एल एण्ड के १ करोड ४९ लाखका छन् । करोक टिडिआई एटी एम्बिसन प्लास १ करोड ३० लाख र कोडिक टिडिआई एटी स्टाईल १ करोड ६५ लाख रुपैयाँको बजारमा छन् ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij