
बिहिवार , श्रावण २८, २०७८
बुटवल। लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको नयाँ गठित मन्त्रीपरिषदको बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij