२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

स्थापना दिवसको अवसरमा हिन्दू जागरण नेपालद्वारा दिप प्रज्वलन

बिहिवार , श्रावण २८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २८ साउन । हिन्दू जागरण नेपालले आफ्नो आठौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर हिन्दु जागरण नेपाल जिल्ला शाखा रुपन्देहीले तिलोत्तमा नगरपालिका मणिग्रामस्थित सरस्वती पान्चायन मन्दिर परिसरमा बिहीबार दीप प्रज्वलन  गरेको छ ।

    धर्म परिवर्तन मुक्त नेपाल, जातीय छुवाछूत मुक्त नेपाल र सनातन हिन्दू राष्ट्र नेपाल स्थापना गर्ने उद्देश्यसहित संस्थाको स्थापना भएको संस्थाका रुपन्देही जिल्ला शाखा अध्यक्ष उमा ढकालले बताइन् ।

    हिन्दु जागरण नेपाल रुपन्देहीका अध्यक्ष उमा ढकालको अध्यक्षता, मन्दिरका अध्यक्ष रामचन्द्र पाण्डेको प्रमुख आतिथ्यता, राष्ट्रिय सचिव पुर्णप्रसाद पौडेल, रवि पोखरेल, रामसुमेर यादव, गिरिराज मरासिनी, सपना पोख्रेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । हिन्दू जागरण नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा पण्डित टंक प्रसाद पाण्डेले स्वस्ति वाचन गरेका थिए । कार्यक्रममा युएई समितिका रमा पन्थ, राधा अधिकारी, रमेश न्यौपाने, पिताम्वर अर्याल, सीता न्यौपानेलाई सम्मान गरिएको थियो ।
    प्रत्येक वर्ष साउन २८ गते देशभरी विभिन्न कार्यक्रमका साथ हिन्दू जागरण नेपालको स्थापना दिवस मनाउने गरिन्छ ।