images

बुधवार, बैशाख २६ गते २०८१

श्री समयमाई मन्दिर पिपरहियामा काली माता पूजा समारोह

श्री समयमाई मन्दिर पिपरहियामा काली माता पूजा समारोह

images
images
images
शुक्रवार, श्रावण २९ २०७८
शुक्रवार, श्रावण २९ २०७८
  • श्री समयमाई मन्दिर पिपरहियामा काली माता पूजा समारोह

    भैरहवा, २९ साउन ।
    श्री समयमाई मन्दिर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६, पिपरहियामा काली माता पूजा समारोह सम्पन्न भएको छ ।

    images
    images
    images

    बुधबार र बिहीबार दुईदिन भएको समारोह अन्तर्गत बुधबार पिपरहियादेखि बेथरीसम्म कलश यात्रा, अखण्ड हरिकिर्तन (२४ घण्टा) र बिहीबार सांझ प्रसाद ग्रहण/भण्डारा कार्यक्रम गरिएको पिपरहिया समाजका अगुवा राजेश चौधरीले बताए । ‘गाउँमा गरिदै आएको पारम्परिक पूजा हो, ’उनले भने । श्री समयमाई मन्दिरमा पूजा समारोह अन्तर्गत विभिन्न कार्यक्रममा सहभागि हुने सम्पूर्ण भक्तजन, स्थानीय तथा समाजसेवीहरुलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

    समारोहमा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको स्थानीय नरेन्द्र चौधरीले जानकारी दिए ।स्थानीय अगुवा राजेश चौधरीको अगुवाइमा नरेश चौधरी, गणेश गुप्ता र कल्याण राजभरले पूजा समारोहको व्यवस्थापन गरेका थिए ।




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij