२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देही जिल्ला तेक्वान्दो संघको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुढाप्रिती

शुक्रवार , श्रावण २९, २०७८

भैरहवा, २९ साउन । 
रुपन्देही जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले दिपेन्द्र बुढाप्रितीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

13096347_1775405816027544_682386930448137292_nllll.jpg

संघको उपाध्यक्षमा मदन थापा मगर, सचिवमा राकेश यादव, कोषाध्यक्षमा रुक्मा थपलिया खडका रहेका छन् । त्यस्तै संघको सदस्यमा जयराम कहार, राजु क्षेत्री, डिम प्रसाद बराल, विष्णु कुमार चौधरी, राम प्रसाद कहार सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता साबिर खानले बताए ।

नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिष बहादुर खड्काको प्रमुख आतिथ्यता, तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपक श्रेष्ठको विशिष्ट आतिथ्यता, रुपन्देही कपर्दी संघका अध्यक्ष वसन्त  कुमार लाल कर्ण, रुपन्देही क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष सोम बहादुर गुरुङ, तेक्वान्दो संघ लुम्बिनी प्रदेशका सदस्य, राजकुमार पाण्डे, राजिव सिंह क्षेत्री, उद्योग व्यापार संगठन रुपन्देहीका कोषाध्यक्ष सचिन रोक्का, शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही जिल्ला तेक्वान्दो संघका सचिव राकेश यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

235931750_267336528176074_5981440508489449790_n.jpg