
बुधवार , भाद्र २४, २०७७
भैरहवा, २४ भदौ ।
रुपन्देहीमा हालसम्म ६५८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा बुधबारसम्म कोरोना संक्रमण पुष्टि भएका ६५८ जना निको भएर घर फर्किएका छन । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित भइ ७१८ जनाले उपचार गराइरहेका छन् ।
त्यसै गरी बुधबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १८ महिला र २४ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताका अनुसार बुधबार उपमहानगरपालिकामा ७, सिद्धार्थनगर नगरपालिकामा २४, कोटहीमाई गाउँपालिकामा ५, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ तथा शुद्धोधन र मायादेवी गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९० पुगेको छ । त्यस्तै रुपन्देहीमा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij