२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

अर्घाखाँचीमा १० दिनको लागि निषेधाज्ञा थप

शनिवार , श्रावण ३०, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • अर्घाखाँची। अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पुन १० दिनका लागि कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरियस अघिको निषेधाज्ञालाई निरन्तरता दिदै भाद्र ८ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

    निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए।

    यस्तै अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहने छन् भने बैंक तथा वित्तीय संस्था बिहान ६ बजेदेखि ९बजे सम्म खुल्न दिइने जनाइएको छ।यस्तै निर्माणका काम बन्द गरिने छ।

    जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ६८ रहेको छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।