२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

अविरल वर्षाका कारण प्रभावित परिवारलाई जसपाद्वारा सहयोग

आइतवार , श्रावण ३१, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३१ साउन ।

    अविरल वर्षाका कारण प्रभावित रुपन्देहीको रोहिणी गाउँपालिकाका १५ घरपरिवारलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा) विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

    रोहिणी गाउँपालिका–४ स्थित पकडिहवाका १५ घरपरिवार निकै नै प्रभावित भएको जानकारी पाएपछि सोही स्थानमा पुगेर त्रिपाल तथा खाद्यान्न सामग्री वितरण गरिएको जसपा विपद् व्यवस्थापन समिति रुपन्देहीका संयोजक रवि कुमार रौनियारले बताए । 

    कार्यक्रममा जसपाका संघीय परिषद सदस्य रुपा मल्ल, समाजवादी युवा संघ लुम्बिनी प्रदेश सह–इञ्चार्ज रेनु सिंह, युवा नेता ईन्द्रजित राय, मोहम्मद युसुफ लगायतको उपस्थिति रहेको थियो ।