२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लायन्स होलिसिटी सिद्धार्थनगर, क्रियटिभ लेडी र लियो होलिसिटीको आयोजनामा रक्तदान

आइतवार , श्रावण ३१, २०७८

भैरहवा, ३१ साउन ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र लियो क्लब अफ होलिसिटी भैरहवाको आयोजनामा भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भैरहवास्थित भीम अस्पतालमा भएको कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक नारायण घिमिरे बताए ।

लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष राकेश गुरुङ, लायन्स लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष मन्जु शर्मा, लियो होलिसिटी भैरहवाका अध्यक्ष आकाश पौडेलको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष देवराज न्यौपाने लगायतले बोलेका थिए । 

लायन्स होलिसिटी सिद्धार्थनगरका सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन नारायण घिमिरे, मीना ज्ञवाली र साधना निरंजनले गरेका थिए ।