२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धको अध्यक्षमा दिनेश गुप्ता

आइतवार , श्रावण ३१, २०७८


भैरहवा, ३१ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले वर्ष २०२१/२२ का अध्यक्ष दिनेश गुप्तालाई पद हस्तान्तरण गरे । त्यस्तै वर्ष २०२०/२१ का सचिव राजन शुक्लाले वर्ष २०२१/२२ का सचिव सुमेर विक्रम खांणलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै वर्ष २०२१/२२ का कोषाध्यक्ष मनमित सिंह गान्धीलाई कोषाध्यक्ष पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका नवराज न्यौपानेले अरुण कुमार मिश्राको नेतृत्वमा वर्ष २०२०÷२०२१ मा लायन्स सिद्धार्थनगर गौतमबुद्धले रचनात्मक कार्यहरु गरेको बताए । उनले कोभिड–१९ को विषम परिस्थितिमा पनि क्लबले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए । सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर न्यौपानेले वर्ष २०२१÷०२२ मा दिनेश गुप्ताको नेतृत्वमा क्लबले रचनात्मक कार्य गर्ने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले आफनो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण क्लबका सदस्य, लायन्स डिष्ट्रिकका पदाधिकारी, सदस्य लगायत सबैलाई धन्यवाद दिए । उनले ‘हामी सेवा गर्छौं’ भन्ने नाराका साथ क्लबले विभिन्न सामाजिक कार्यहरुलाई अगाडी बढाएको बताए । क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले आफ्नो नेतृत्वमा स्थापना भएको क्लबले रचनात्मक कार्यहरुलाई अगाडी बढाउँदा खुशीको अनुभुति भएको बताए । क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष दिनेश गुप्ताले समाजमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू लायन्समा लागेको बताए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष एवं लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका  डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापा लगायतले बोल्दै लायन्स सिद्धार्थनगर गौतमबुद्धले स्थापनाको छोटो अवधिमा धेरै काम गर्न सफल भएको बताए । कार्यक्रम संयोजक रविकान्त उपाध्यायको स्वागत, अनिल कुमार गुप्ताको झण्डा अभिवादन तथा राजन शुक्ला र सुमेर विक्रम खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम वर्षभरी आयोजना गरिएका विभिन्न कार्यक्रमको संयोजकको भूमिकामा रहने र क्लबका सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रममा मायाको चिनो तथा पुरस्कार प्रदान गरिएको थियो ।