images
images

आइतवार, जेठ ६ गते २०८१

रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको अध्यक्षमा कपिल चापागाई

रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको अध्यक्षमा कपिल चापागाई

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको अध्यक्षमा कपिल चापागाई

    भैरहवा, ३२ साउन ।
    रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको चार्टर प्रेजेन्टेशन सेरेमोनी शनिबार भैरहवामा सम्पन्न भएको छ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको स्पोन्सरमा स्थापना भएको क्लबको चार्टर प्रेजेन्टेशन सेरेमोनी सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र प्रसाद ध्वजुले उद्घाटन गरे । सो अवसरमा ध्वजुले रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै जानुपर्ने बताए । उनले यस क्षेत्रमा रहेका रोट्रयाक्ट क्लबहरुले समाजमा देखिने खालका कार्यहरु संयुक्त रुपमा आयोजना गरेर रोटरी र रोट्रयाक्ट क्लबको गरिमालाई उच्च बनाउनुपर्नेमा जोड दिए । संस्था स्थापना गर्ने कुरा मात्र ठूलो नभई यसलाई टिकाइराख्न संस्थाका सदस्यहरुलाई तालिम, अभिमुखीकरण कार्यक्रममा विशेष जोड दिन आग्रह गरे ।

    images
    images
    images

    त्यस्तै रोटरी डिष्ट्रिक ३२९२ जोन २८ का असिसटेन्ट गभर्नर देवी गुरुङ, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका सल्लाहकार प्रकाश पोखरेल, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का डीआरआर इन्भोय प्रकाश शर्मा, जोन १८ का जेडआरआर बाबुराम खनाल (अतित), रोट¥याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष खिम बहादुर कार्की लगायतले क्लबको सफलताका शुभकामना व्यक्त गर्दै रचनात्मक कार्यलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका संस्थापक अध्यक्ष कपिल चापागाईलाई प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजुले सपथ ग्रहण गराएका थिए । त्यस्तै जोन १८ का जेडआरआर बाबुराम खनाल (अतित)ले क्लबका संस्थापक सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

    चापागाईको नेतृत्वमा स्थापना भएको क्लबको प्रथम उपाध्यक्षमा अरुण अधिकारी, द्वितीय उपाध्यक्षमा बीना पौडेल क्षेत्री, सचिवमा अंकित खाती, कोषाध्यक्षमा प्रविन कंडेल, सर्जेन्ट एट आम्समा नित्या शर्मा, सह–सचिवमा आकृति रावल, सह–कोषाध्यक्षमा मनिष सापकोटा, ज्वाइन्ट सर्जेन्ट एट आम्समा दीप गौतम, हेड अफ डाइरेक्टरमा दुर्लभ प्रसाद पोखरेल, क्लब सर्भिस डाइरेक्टरमा अंकित भुसाल, कम्युनिटी सर्भिस डाइरेक्टरमा सुमित सारस्वत, प्रोफेसनल सर्भिस डाइरेक्टरमा अनिता श्रीपाली, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा रोहित बेल्बासे, फाइनान्स डाइरेक्टरमा विमल गौतम, साप कोर्डिनेटरमा किरन शर्मा, स्पोर्टस् डाइरेक्टरमा शेषराज पन्त र एडिटरमा आशिष श्रेष्ठ रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा विनोद घिमिरे, सुरज ज्ञवाली, भुवन पौडेल, इन्द्रजीत राय, राम तिवारी, सागर सिग्देल, दामोदर ढकाल, सन्देश के.सी., गगन नेपाल, नम्रता श्रेष्ठ, माधव आचार्य, जीवन उपाध्याय, अमृत पाण्डे, रमेश यादव, रोहित थपलिया, अच्युत रेग्मी, अक्क्षिता श्रीवास्तव, सन्दिप शर्मा, हरि कुमार रोक्का, महेश ज्ञवाली, गणेश गौतम, सन्तोष पन्थी, निश्चल थापा, कृष्ण प्रसाद भण्डारी, अञ्जली अग्रवाल, सरोज कुमार साह, जगदीश यादव, आतिफ अन्सारी, साहिल खान, मोहन खाती, अनुप आर्य, विजय प्रजापति, प्रज्जवल खड्का, मनोज आचार्य, आशिष अर्याल लगायत रहेका छन् । त्यस्तै क्लबको सल्लाहकारमा प्रकाश पोखरेल, भोजेन्द्र खत्री र प्रा.डा. लक्ष्मी पाठक रहेका छन् । कार्यक्रममा क्लबको टिसर्ट समेत सार्वजनिक गरिएको थियो ।

    IMG-20210815-WA0005.jpg

    रोट्रयाक्टको यात्रालाई थप उचाईमा पुर्याउँछु : अध्यक्ष चापागाई

    क्लबका संस्थापक अध्यक्ष कपिल चापागाईले प्रतिवद्धता मन्तव्य राख्दै विभिन्न कार्यक्षेत्रमा रही अनुभव संगालेका युवा तथा विद्यार्थी आबद्ध रहेको क्लबले सदस्यहरुको नेतृत्व तथा क्षमता अभिवृद्धिसम्बन्धि कार्यहरु सञ्चालन गर्ने बताए । उनले यस क्षेत्रमा रोट्रयाक्टको यात्रालाई थप उचाईमा पुर्याउनका लागि लागिपर्ने बताए । हालसम्म क्लबले एकहप्ते कोभिड–१९ संकट सान्त्वना ःपशु भोक राहत तथा कोभिड–१९ जनचेतना अभियान, रक्तदान कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न गरिसकेको उनले बताए । उनले यस क्षेत्रमा रहेका रोट्रयाक्ट क्लबहरुसंग मिलेर यसवर्ष वृहत कार्यक्रम सञ्चालन प्रतिबद्धता व्यक्त गरे ।
    .



    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij