images
images

आइतवार, जेठ ६ गते २०८१

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ : प्रधानमन्त्री

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ : प्रधानमन्त्री

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ : प्रधानमन्त्री

    काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने  जानकारीदिनुभएका छन् । उनले आज बिहान  ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे ।   
     
    प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताएका छन् । 

    अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् । रासस

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij