२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

ट्रकको ठक्करबाट दुइको मृत्यु

सोमवार , श्रावण ३२, २०७८

बुटवल । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार  २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बासगढि नगरपालिका -८ का चेतन बोहोरा र सोही ठाउका प्रदिप चौधरी रहेका छन् ।

उनिहरुको उपचारको क्रममा कोहलपुर मेडिकल  कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ ।पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाईकललाई आज बिहान बाँकेको राप्तीसोनारी गाँउपालिका १ गाभरमा ठक्कर  दिएको प्रहरीले जनाएको छ।

ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।