
सोमवार , श्रावण ३२, २०७८
बुटवल, ३२ साउन ।
केन्पो खुकुरी खेलबारे प्रचारप्रसार गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलोपटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । ७ प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षकलाई भदौ १ गतेबाट एक हप्ता केन्पो खुकुरी खेलबारे बुटवलमा प्रशिक्षण दिइने भएको हो । केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले १ हप्ताको प्रशिक्षणमा केन्पो खुकुरी प्रतियोगिताबारे वृहत छलफलसाथै व्यवहारिक प्रशिक्षण दिने नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका पूर्ण पाण्डेले बताए । सातवटै प्रदेशमा संगठन बिस्तारैसमेत अघि बढेको पाण्डेले बताए ।
बिहान र दिउँसो गरी दुई समयमा राखिएको प्रशिक्षक राजकुमार पाण्डेले बताए । बिहान ६ बजेबाट सुरु भएर दिउँसो प्राक्टिकल गरिने उनले बताए । बुटवलमा धेरै खेलहरुमध्ये यो नयाँ विधा भित्राउन सफल भएको भन्दै उनले यसबाट थप हौसला मिलेको बताए । प्रशिक्षणको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यबाट दिउँसो रुपन्देही जिल्ला खेलकुद विकास समितिको सभाहलमा उद्घाटन गरिने उनले बताए । फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरी चार विधामा प्रशिक्षण गराइने उनले बताए ।
योसंगै काठमाडौं असोज ८ र ९ गते हुने प्रतियोगिताको बारेमा समेत जानकारी गराइएको छ । फाईट र काता प्रदर्शन गरी दुई विधामा खेल आयोजना हुन्छ । जसमा प्रथम हुने प्रदेश १ लाख नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । दोस्रो २५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फाईट सिगलतर्फ उमेर समुहमा खेलाइने तथा काता व्यक्तिगत र समुहगत गरी खेलाइने उनले बताए ।
नेपाल भित्राएपछि पहिलोपटक प्रतियोगिता हुन लागेको उनले बताए । १८ देखि २० उमेर समूह ५३ देखि ५६ किलोग्राम तौल समुहको सहभागिता रहने उनले बताए । सरकारबाट खेलाडीहरुको हकहितमा सहयोग नमिलेको भन्दै खेलाडी कल्याणकारी कोष बनाएर अगाडि बढ्न लागेको उनले बताए । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए । प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपूर्ण प्रतियोगिता गराउने उनले बताए । खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरी अगाडि बढेको उनले बताए । विश्वका ७२ वटा देशमा शाखा रहेको छ । लुम्बिनी प्रदेश इञ्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताइन् ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, जिल्ला अध्यक्ष कृष्ण थापा, केन्द्रीय भरत गोदारले आत्मरक्षा हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेललाई राष्ट्रिय पहिचान दिने गरी अघि बढाउनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij