२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लागूपदार्थ दुर्व्यसन विरुद्ध र्‍याली तथा जीवन वृति योजना बारे छलफल कार्यक्रम सम्पन्न 

मंगलवार , भाद्र १, २०७८

नवलपरासी, २१ साउन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मालागूपदार्थ दुर्व्यसन विरुद्ध र्‍याली तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । गोपाल किशोरी संवाद केन्द्रको आयोजना तथा एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हो । 

सवाद सहयोग समितिका अध्यक्ष नाथु खातिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष खातिकले समुदायमा लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । लागू पदार्थ सेवन तथा विक्रि वितरणमा रोक लगाउनका लागि जनचेतना जगाउनु हामी सबैको दायित्व पनि हो तर समुदायमा बसोबास गर्ने मानिसहरुले आफु पनि सेवन गर्ने र अरुलाई पनि सेवन गर्न हौस्याउने गर्छन्। तर  कोरोना महामारीको विषय  परिस्थितिमा संवाद केन्द्रका किशोरीहरुले स्वस्थ्य सतर्कता अपनाई लागू पदार्थ सेवन विरुद्ध य्रालि तथा नाटक मार्फत जनचेतना जगाईरहेको बताउँदै किशोरीहरु तथा एविसि नेपाललाई धन्यवाद समेत दिएका थिए ।

सो कार्यक्रम एविसि नेपालका सुपरभाइजर राजमन बरई , भोलेन्टियर बन्दना चौधरी , एनिमेटर पुजा गुप्ता लगाएतको सहभागीता रहेको थियो ।

यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २,५,६ र सरावल गाउँपालिका वडा नम्बर ५ मा जीवन वृति योजना बारेअभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । 

एविसि नेपालको आयोजना तथा स्ट्रोम फाउन्डेसनको सहयोगमा सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा किशोरीहरुको जिवनवृति योजना बनाउने कार्यक्रम सम्पन्न भएको हो । जसमा शिक्षक , टेलरमास्टर र डाक्टर बन्ने लक्ष्य राखेको किशोर किशोरीहरुको जीवन वृति योजना अभिभावक र किशोरीहरु संग छलफल गरिएको थियो । सो कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई र अभिभावकहरुको सहभागीता रहेको थियो ।