२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन आजदेखि

मंगलवार , भाद्र १, २०७८

बुटवल । साउन २८ गते नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो सातामै विश्वासको मत लिएर अगाडि बढ्ने तयारी गरेका छन्।

एमाले बाहेकका दलहरुको गठबन्धन नेतृत्व गर्दै माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका केसीले गण्डकी र संघीय सरकारको सिको गर्दै आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेका हुन्।

लुम्बिनि प्रदेश सरकारका भौतिक पुर्वाधार तथा बिकास मन्त्री सहसराम यादबले भने सरकारले आज संसद आब्हान गरेको र बिश्वासको मत लिने नलिने विषयमा अहिले सम्म कुनै निणर्य नगरेको जानकारी दिए। यसको जिम्मा सबै मुख्यमन्त्रीलाई दिएको बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउंदे अधिवेशन आज भदौ १ गते बस्नेगरी आह्वान गरि सकेका छन्। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको जानकारी दिए।संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।